२४ घन्टामा थपिए २३७० संक्रमित, १८ जनाको मृत्यु

168

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ३ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६ सय ८९ आरटी पिसिआर र ३ हजार ८ सय९५ एन्टिजेन गरी कुल ११ हजार ५ सय ८४ जनामा परीक्षण गरिएकोमा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ४९ जना र भेन्टिलेटरमा १ सय ६३ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार १ सय ३३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...