गण्डकीका बिनाविभागीय दुईजना मन्त्रीको जिम्मेवारी तोकियो

328

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ जना बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ र स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’लाई युवा तथा खेलकुद मन्त्रायलको जिम्मेवारी दिइएको छ ।

सरकार गठनमा समस्य परेपछि आफूसँगै शपथ खाएका मन्त्रीहरुलाई मुख्यमन्त्री पोखरेलले जिम्मेवारी दिएका थिएनन् । ११ वटा मन्त्रालय रहेको गण्डकीमा यसअघि नै मधुमाया गुरुङले स्वास्थ्य र कुमार खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका छन् ।

मुख्यमन्त्री पोखरेलले सुरुमै आचार्यलाई ऊर्जा र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोके पनि उनीहरुले अस्वीकार गरेका थिए ।

अर्थ मन्त्रालयको दाबी गरिरहेको आचार्यले आफूले रोजेको मन्त्रालय नपाएको गुनासो गरेका थिए । साथै मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै खेलकुद मन्त्रालय अस्वीकार गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...