ज्यान मार्ने उद्योग मुद्दामा फरार व्यक्ति पक्राउ

497
  • गणेश खनाल

अर्घाखाँची । ज्यान मार्ने उद्योगमा फरार रहेको एक व्यक्तिलाई आइतबार प्रहरीले प्रक्राउ गरेको छ ।

२०७३ वैशाख ७ गते अर्घाखाँची जिल्ला अदालतको फैसलाले आगलागीबाट ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सजाय भई फरार रहेका अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय रवि भन्ने तुल बहादुर बञ्जाडेलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानाकारी दिए ।

चितवन भरतपुर महानगरपालिका–११ अमनचोकबाट प्रक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले बताए ।

अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका–११ अमनचोक स्थित कोठामा फेला पारी पक्राउ गरी अदालतको आदेश अनुसारको कैद भुक्तान गर्ने गरी जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको प्रहरीले जानाकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...