२४ घन्टामा थपिए १८३१ संक्रमित, २० जनाको मृत्यु

काेराेना अपडेट

230

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८ सय ३१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५ सय ३५ आरटी पिसिआर र ३ हजार ६ सय ८३ एन्टिजेन गरी कुल ९ हजार २ सय १८ जनामा परीक्षण गरिएकोमा १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ५३ जना र भेन्टिलेटरमा १ सय ७५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरबाट १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...