वेष्ट इन्डिजको लगातार दोस्रो जित

189

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । आइतबार भएको खेलमा ५६ रनले पराजित गर्दै सिरिजमा २–०को अग्रता बनाएको छ ।

१ सय ९७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ बल बाँकी रहँदै सबै विकेट गुमाउँदै २ सय ४० रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको पाहुना टोली अष्ट्रेलियाका मिचेल मार्शले ५४, मोसेस हेनरिक्सले १९ तथा जोस फिलिप्सले १३ रन बनाउनुबहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दानिएल क्रिस्टियनले ९, मिचेल स्टार्कले ८, बेन क्याकडर्मोटले ९ तथा आरोन फिन्चले ६ रन जोडे ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा वेष्ट इन्डिजका हेडिन वाल्सले ३, सेल्डोन कोट्रेलले २ विकट लिए ।

सेन्ट लुसियास्थित डेरेन सामी नेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो ।

सामान्य सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरुले उत्कृष्ठ प्रदर्शन गरेपछि वेष्ट इन्डिजले विशाल योगफल बनाएको हो ।

वेष्ट इन्डिजको शिम्रोन हिटमेयरले अर्धशतकीय पारी खेले । ३६ बल खेलेको हिट्मेयरले ४ छक्का र २ चौकाको मद्दतमा ६१ रन जोडे ।

यसैगरी, ड्वेन ब्राबो र आन्द्र रसेलले नटआउट ४७ र २४ रनको योगदान दिए । यस्तै, लेन्डल सिमोन्सले ३० तथा क्रिस गेलले १३ रनको पारी खेले ।

जितसँगै वेष्ट इन्डिजलले पाँच खेलको टी–२० सिरिजमा २–० को अग्रता लिएको छ । पहिलो खेलेमा वेष्ट इन्डिज १८ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...