जातीय विभेदविरुद्ध काठमाडौंमा प्रदर्शन

264

काठमाडौं । देशभर दलित समूदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् भने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले जातिय विभेद गर्नेलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था हुनुपर्ने भन्दै अब निरन्तर राज्यलाई खबरदारी गर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘रुपा सुनारलाई न्याय दे’, ‘मान्छे भएर बाच्न दे’, ‘जुन समाजमा जात छ’, ‘विभेदै विभेदको खात छ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...