‘जोन्सन एन्ड जोन्सन’ खोप सोमबार नेपाल आइपुग्ने

375

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ‘कोभ्याक्स’मार्फत अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी दिएका हुन् ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।

अहिले नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डोज लगाउनु पर्ने खालका छन् । तर, जोन्सन एन्ड जोन्सनको खोप एक डोज‘मात्रा’ लगाए पुग्ने विज्ञहरुले बताएका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...