वेष्ट इन्डिजको विजयी सुरुवात

196

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा वेष्ट इन्डिज विजयी भएको छ । शनिबार भएको खेलमा वेष्ट इन्डिजले अष्ट्रेलियालाई १८ रनले पराजित गर्दै पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको हो ।

डेरेन सामी नेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।

खराब सुरुवात गरेको वेष्ट इन्डिजको पारी उकास्न आन्द्रे रसेलले ५१ रनको अर्धशतकीय योगदान दिए । टोलीको स्कोर ८ रन हुँदा इविन लुइसलाई शून्य रनमा गुमाएको वेष्ट इन्डिजले ४ रनको व्यक्तिगत स्कोरमा क्रिस गेललाई दोस्रो विकेटको रुपमा गुमायो ।

अर्का ओपनर लेन्डल सिमोन्सले २७, शिम्रोन हिटमेयरले २० तथा निकोलास पूरनले १७ रनको पारी खेले । यस्तै, ड्वेन ब्राबो ७ र फाबियन एलेन नटआउट ८ रनमा नटआउट रहे ।

१ सय ४६ रनको मध्यम लक्ष्य पाएको अष्ट्रेलियाले १६ ओभरमा अलआउट हुँदै १ सय २७ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका मिचेल मार्शले ५१, म्याथ्यू वेडले ३३, मोसेस हेनरिक्सले १६ तथा दानियल क्रिस्टियनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा वेष्ट इन्डिजका ओबेद म्याक्वेले ४, हेडिन वाल्सले ३, फाबियन एलेनले २ तथा आन्द्रे रसेलले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...