२४ घन्टामा थपिए २२३९ संक्रमित, २० जनाको मृत्यु

काेराेना अपडेट

248

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार २ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ६ सय ५७ आरटी पिसिआर र४ हजार ६ सय ५६ एन्टिजेन गरी कुल ११ हजार ३ सय १३ जनामा परीक्षण गरिएकोमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ३९ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार १ सय १६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...