नेपाल यु–२३ एएफसी एसियन कप छनोटको समूह ‘बी’ मा

409

काठमाडौं । सन् २०२२ मा आयोजना हुनै एसियाली फुटबल महासंघ (एफसी) एसिया कप फुटबल प्रतियोगिताको छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ ।

२३ वर्षमूनिका खेलाडीहरुको सो प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’मा इरान, लेबनान र ताजकिस्तान रहेका छन् ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहित ११ समूह निर्धारण गरेको हो ।

प्रतियोगिताको छनोट चरण आगामी अक्टोबर २३ देखि ३१ सम्म हुने कार्यक्रम रहेको । प्रत्येक समूहका समूह विजेताले एसिया कपमा स्थान बनाउने छ भने बाँकी दोस्रो स्थानमा रहेको उत्कृष्ट चार टोलीले पनि अघिल्लो चरणमा स्थान पक्का गर्ने छ । साथै, आयोजक उज्वेकिस्तानले भने सिधैँ एसिया कपमा खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...