मोरङमा ब्राउन सुगरसहित तीनजना पक्राउ

335

मोरङ । मोरङको बेलवारी नगरपालिका–१ गाईघाट टोलबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

बिहीबार साँझ साढे ५ बजे ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङसहित ३ जनालाई ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारीभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ ।

पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...