सहकुल थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

315

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब मानिरिक्षक (डिआइजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डिआइजी थापालाई एआइजीमा बढुवा गरेको हो ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीपीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

थापालाई एआइजीपीमा बढुवा गरिए पनि पदस्थापन भने नगरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सिर्जना गरेको थियो ।

हाल नेपाल प्रहरीमा ४ एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...