‘कैलालीमा मृत फेला परेका बालकको दिदी नाता पर्नेबाट हत्या’

646

कैलाली । टिकापुरमा मृत भेटिएका बालक विवेक विष्टको हत्या उनकै दिदी नाता पर्नेबाट भएको देखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा विष्टकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा नाबालककी दिदीले गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकार गरेकी छन् ।

प्रहरीका अनुसार ति युवतीले पारिवारिक रिसइबीका कारण हत्याको योजना बनाएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...