‘द हन्ड्रेड’ खेल्न इंग्ल्यान्ड जाँदै सन्दीप लामिछाने

444

काठमाडौं । ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इंग्ल्यान्ड जाने भएका छन् । प्रतियोगिता खेल्न उनी आज राति टर्किस एयरबाट त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुईपटक पिसिआर परीक्षाको रिपोर्ट नेगेटिभ आएपछि मात्र उनले प्रतियोगितामा खेल्न पाउने छन् ।

लामिछानेले द हन्ड्रेड प्रतियोगितामा ओभलबाट खेल्ने छन् ।

प्रतियोगिता आगामी जुलाई २३ देखि सुरु हुँदै छ । लामिछाने सम्मिलित टोलीले ओभलले उद्घाटन खेलमा म्यानचेस्टर ओरजिनल्ससँग खेल्ने छ ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि लामिछाने १ लाख पाउण्डमा अनुबन्धित भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...