मोदीले बनाए इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद्, यसरी बनाइएको छ सन्तुलित

531

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै इतिहासमा सबैभन्दा ठूलो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनको मन्त्रिमण्डल ७८ सदस्यीय भएको छ ।

बुधकार स्थानीय समय अनुसार साँझ ६ बजे सर्वार्थ सिद्धि योगमा प्रधामन्त्री मोदी मन्त्रिपरिषद्का ४३ जनाले सपथ लिए । शपथ लिनका लागि ३४ जनाले हिन्दी र ९ जनाले अंग्रेजी भाषा चुनेका थिए ।

डेढ घन्टासम्म चलेको शपथग्रहण कार्यक्रममा ३६ जना नयाँ मन्त्रीले शपथ लिए । मौजुदा रहेको ७ मन्त्रीको पदोन्नति भयो भने १२ जनाले राजीनामा दिए ।

नयाँ मन्त्रीमध्ये सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना रहेका छन् । मोदीको टिममा ११ महिला, ६ नयाँ मन्त्री सात राज्यबाट रहेका छन् ।

७७ मन्त्रीहरुलाई जातिगत रुपले विभाजन गर्दा ८ राज्यबाट १२ दलित मन्त्री भएका छन् । ८ राज्यबाट ८ आदिवासी मन्त्री छन् । १५ राज्यबाट २७ ओबीसी मन्त्री भएका छन् र ५ राज्यबाट ५ अल्पसंख्यक मन्त्री भएका छन् ।

मन्त्रिमण्डलको औषत आयु ६१ वर्षबाट घटेर ५८ भएको छ । १४ मन्त्री ५० वर्षभन्दा कम उमेरका छन् । ४६ मन्त्री पहिलेदेखि नै केन्द्रमा मन्त्री भइसकेका छन् ।

व्यवसायीक रुपले पनि मोदी सरकारको मन्त्रिपरिषद् सन्तुलित देखिएकोछ । जसमध्ये ६८ जना स्नातक अध्ययन गरेका छन् । १३ जना वकिल, ७ पूर्वप्रशासक र ७ मन्त्री विद्यावारिधी प्राप्त रहेका छन् । यस्तै, ६ जना डाक्टर, ५ जना इञ्जिनियर र ३ मन्त्रीले व्यवस्थापनमा स्नतकोत्तर गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...