काठमाडौं । नेकपा एमाले विवाद समाधान कार्यदलका नेताहरुले पार्टीको विवाद समाधानउम्खु भएको दावी गरिरहेका बेला उपाध्याक्षद्वय वामदेव गौतम, डा.भीम रावल र उपमहासचिव विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ ।
बिहीबार बिहान अर्थ मन्त्रालयमा तीनजना नेताबीच छलफल भएको हो । छलफल पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको छलफल सकरात्मक भएपछि ३ नेताबीच छलफल भएको हो ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मदभेद नभएपनि उनीहरु दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको संंघारमा पुगेको थियो ।
तर, दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरु सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दवाव दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको समूहिक भेटघाट र छलफल भएपछि ओली र नेपाल ‘वान टु वान’ वार्तामा सकेका थिए ।
वार्ताबाट सहमति गरी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रुप दिने सहमति भएको छ ।