ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता, दोस्रो तहका नेता पनि सहभागी

286

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।

पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गदाए दुई शीर्ष नेताहरु वार्तामा बसेका हुन् ।

यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समानाउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेपालबीच भेटवाताए गर्ने नेताहरुले बताएका थिए ।

दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।

Share This:
सम्बन्धित खबर
Loading...