काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निणएय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकलले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
सरकारको निर्णयसँगै दोस्रोपटक लगाइएको निषेधाज्ञा अघिकै अवस्थामा सबै उडान सुचारु हुनेछन् । यसबारेमा सरकारका प्रवक्ताले बुधबार थप जानकारी दिने मन्त्री श्रेष्ठले बताए ।
यसअघि सरकारले गत बैशाख २३ गते भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।