बिपी प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न केसीको माग

416

काठमाडौं । डा.गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ४ जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

उपकुलपतिलगायत पदाधिकारीहरुले प्रतिष्ठनलाई धरासायी बनाएको भन्दै डा.केसीले तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा डा.केसीले भनेका छन्,“अवस्था यतिसम्म भइसकेपछि बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुको थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ ।”

दलीय भागबन्डाका आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरुले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको उल्लेख गर्दै डा.केसीले पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिएअनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने मागसमेत गरेका छन् ।

भ्रष्टाचार भएको भन्द्रै प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी र कर्मचारीहरु पनि लामो समयदेखि आन्दोलित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...