काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनःस्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे ।
निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत नभएको उनले दाबी गरे । “विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन,” उनले भने ।
उनले संसदीय अभ्यासको नाममा गैरसंवैधानिक अभ्यासहरु देखिएको तथा अनाधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे ।
उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपा एमालेका वरिष्ठ नेताहरु हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे ।