आज पनि जबाफी बहस, अब २ घन्टा समय बाँकी

प्रतिनिधिसभा विघटन मुद्दा

480

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदक पक्षको जबाफी बहस आज पनि जारी रहने छ । जबाफी बहसका लागि अब २ घन्टा समय बाँकी रहेको छ ।

सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्री बहादुर कार्कीले जबाफी बहस गर्नेछन् । त्यसपछि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको राय लिने काम हुने छ ।

आइतबार जबाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाएका थिए ।

श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्यख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गरेका थिए ।

जबाफी बहस सुरु गर्नुअघि इजलासले विभिन्न ७ वटा प्रश्नको जबाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ । न्यायाधीश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यवसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जबाफ दिन वकिलहरुलाई सचेत गराएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...