महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : सिटौला

149

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिला कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आट हुनुपर्ने बताएका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनः नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश नम्बर १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उनले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताएका हुन् ।

“पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ । प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,”उनले भने । पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उनको भनाइ थियो । उनले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिने बारेमा पार्टीभित्र आफू सकरात्मक रहेको स्पष्ट पारे ।

कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताइन् । उनले मुलुकको हरेका आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...