रोकिएको परीक्षा २५ जनासम्म राखेर सञ्चालन गर्न दिइने
काठमाडौं । अब काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन हुने भएको छ । उपत्यकामा बढीमा २५ जनासम्म विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न दिइने भएको छ ।
उपत्यका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले परीक्षा चलाउन दिने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएको कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरुमा मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।
यस्तै, एकैदिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा सिफ्ट अनुसार परीक्षा सञ्चालन गर्न भनिएको छ । एउटा सिफ्टसँग सम्बन्धित व्यक्ति प्रवेश गर्न मिल्न पाइने बताइएको छ ।