काठमाडौं उपत्यकाभित्र हट्यो जोरबिजोर प्रणाली, असार ३१ सम्म निषेधाज्ञा

583

काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारी साधन चलाउन दिइने भएको छ ।

साथै निषेधाज्ञा थप खुकुले बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ ।

त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।

असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डप्रसाद निरौलाले जानकारी दिए ।

उनका अनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइनेछ । तर, जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...