ओलीसँग मिल्नु जानु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह : माधव नेपाल

249

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह रहेको बताएका छन् । आफूनिकट निवर्तमान् सांसद्सँगको छलफलमा नेपालले यस्तो निष्कर्ष सुनाएका हुन् ।

उनले अध्यक्षसँग एकता सम्भव नरहेको निष्कर्ष पनि सुनाए । लामो समयदेखि फरक पार्टीका अभ्यासमा रहेका नेता नेपालले शनिबार बालकुमारीमा आफूनिकट निवर्तमान् सांसद्हरुसँगको छलफल गरेका थिए ।

“यही अवस्थामा ओलीसँग कुनै हालतमा एकता सम्भव छैन । उनीसँग एकता गर्नु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हो,” नेपालको भनाइलाई उद्धृत गर्दै सहभागी एक नेताले भने,“ओलीजीले हामीलाई झुक्याइरहनु भएको छ, तैपनि हाम्रा साथीहरु उहाँ सहमतिमा आउनुहुन्छ कि भनेर पछि लाग्नुभएको छ ।”

नेता नेपालले कांग्रेस सभापति शेर बहादुर देउवालाई बुझाएको हस्ताक्षर फिर्ता लिन पनि असम्भव रहेको निर्णय सुनाए ।

Share This:
सम्बन्धित खबर
Loading...