टर्कीले बन्द गर्‍यो नेपालसहित ५ मुलुकबाट हुने सिधा उडान

497

काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आशंका बीच सोमबारदेखि नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ ।

यसले युरोप र अमेरिकामा हुने नेपालीको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरेपनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, ब्राजिल र दक्षि अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।

अन्य मुलुकबाट टर्की प्रवेश गर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिनयता रहेको भए ४२ घन्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरी मात्र टर्की प्रवेश गर्न निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

पाकिस्तान र अफगानिस्तानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...