संसद् विघटनविरुद्ध ५ विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने

168

काठमाडौं । संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले काठमाडौंलगायत ७७ वटै जिल्लामा प्रर्दन गर्ने भएका छन् ।

सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू(क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँ विद्यार्थी संगठनका नेताहरुको बैठकले संसदविरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुव दवाव दिएका हुन् ।

विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याहरुका बारेमा छलफल गर्न असार १५ गते ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिगेसन जाने निर्णय भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, लकडाउन अवधिको शुल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शुल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...