प्रधानमन्त्री ओलीको प्रश्न : माधव नेपालले राजीनामा दिनु पर्देन ?

607

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता माधव कुमार नेपालले राजीनामा दिनुपर्दैन भनेर प्रश्न गरेका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“एमाले ध्वस्त बनाउने, अनुशासनहिन काम गर्ने माधव नेपाल जति यति अराजक, अनुशासनहिन, इमान नभएको मान्छे दुनियाँको लोकतान्त्रिक इतिहासमा कोही छैन,” उनले भने,“आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लाग्ने तर एमालेको वरिष्ठ नेता हुँ भन्दै चर्चा कमाउने । उहाँले राजीनामा दिनुपर्देन ?”

साथै, प्रधानमन्त्री ओलीले माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव नगरेकोसमेत बताए ।

“माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलहा कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?,” उनले प्रश्न गरे ।

Share This:
सम्बन्धित खबर
Loading...