प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

365

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदातलमा दिइएको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै छ । विपक्षी गठबन्धनले विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको मुद्दामा आजदेखि निरन्त सुनुवाइ हुने छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वेच्चमा ३० वटा रिट निवेदन परेका छन् । ती रिटमध्ये देउवासहित १ सय ४६ सांसद्ले दिएको रिट निवेदनमा पहिला सुनुवाइ हुने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाइएको छ ।

ठूलो दलको संसदीइ नेताको हैसियतमा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, नियुक्तिको एक सातामै उनले आफूसँग बहुमत नरहेको स्पष्ट रहेकाले विश्वासको मत नलिने भनेर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिस बमोजिम राष्ट्रपतिले बहुमत जुटाइ सरकार बनाउन आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमालेका माधव कुमार पक्षका समेत गरी बहुमत १ सय ४९ सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गर्दै गत जेठ ७ गते समयसीमाधि राष्ट्रपतिको कार्यालयमा पत्र पेस गरेका थिए । त्यसभन्दा अघि नै प्रधानमन्त्री ओलीले सिन आफूलाई १ सय ५३ सांसद्को समर्थन रहेको दाबी राष्ट्रपति कार्यालयमा पेस गरेका थिए ।

राष्ट्रपतिले दुवै पक्षको दाबी नपुगेको भन्दै पत्र फिर्ता गरेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरी निर्वाचनको मिति तोकेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...