मर्स्याङ्दी नदीको बहाव फेरि बढ्दै

527

मनाङ । मनाङ जिल्ला भइ बग्ने मर्स्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका–४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेबल पुलको माथि आएको छ ।

चामे बजार नजिकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जाखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...