ओलीको भ्याकेट निवेदन : कर्णालीका चारैजना सांसद्लाई जबाफसहित उपस्थित हुन आदेश

295

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)को ह्विप उल्लङ्घन गरेका कर्णाली प्रदेशका ४ जना सांसद्लाई जबाफसहित उपस्थित हुन आदेश गरेको छ ।

अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षीलाई झिकाएर छलफल गर्न आदेश जारी गरेको हो ।

यसअघि एमाले दशौँ महाधिवेशन आयोजक कमिटीले गरेको कारबाही अवैध भन्दै सर्वोच्चले ४ जना सांसद्को पुनःवहाली गरेको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले
पदमुक्त गरिएका सांसद्लाई पुनःवहाली गर्ने सर्वोच्चको आदेशविरुद्धको पुनरालोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने अदेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...