काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत् २०६३/६३को जनक्रान्तिले ल्याएको उपलब्धीहरु संकटमा परेको बताएका छन् ।
“यतिबेला नेकपा विभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धीहरु संकटमा परेका छन् । अहिले नेकपा एमाले भित्र घात–प्रतिघात, गुट–उपगुट, विस्वास–अविस्वास, कारबाही–प्रतिकारबाही, समर्थनविरोध जस्ता कृयाकलापहरू भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले गत फागुन २३ गतेपछि नेकपा एमालेका नाममा गरेका गुटका सबै निर्णयहरु खारेज गरिनुपर्नेलगायत सुझाव दिएका छन् ।