काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशका चारजना सांसद्को पद रहने कि नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ ।
अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिलित जबाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जबाफ पेस भइसकेको भन्दै रिट निवेदकको संवेशनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।
न्यायाधीशद्वय दीपक कुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
उपेन्द्र यादव पक्षको कारबाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चको अन्तरिम आदेशपछि पुनःवहाली भएका थिए ।
जसपाका ६ जननमध्ये ४ जना सांसद्लाई यादव पक्षले कारबाही गरेको थियो । उनीहरु चारैजना अहिले मन्त्री छन् ।