टुटल र पठाओले भोलिदेखि सेवा सुरु गर्ने

398

काठमाडौं । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीअनुसार निजी सवारी साधन सञ्चालनमा आउने भएसँगै टुटल र पठाओ भोलि (मंगलबार)देखि सेवा सुरु गर्ने भएका छन् ।

राइडिङ सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ । सरकारले लागु गरेको जोरबिजोर प्रणाली अनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्यामा कम भएपनि सेवा सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवा सुरु गर्ने कम्पनीको भनाइ छ ।

करिब दुई महिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएको थिएन ।

Share This:
सम्बन्धित खबर
Loading...