दोलखा प्रशासनले भन्यो, ‘पहिरोले तामाकोसी नदी थुनियो, जुनसुकै बेला बाढी आउन सक्छ’

714

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकाले जतिसुकैबेला बिस्फोट भएर बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सचेत गराएको छ ।

प्रशासनले शुक्रबार राति ९ः४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै तामाकोसी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सर्तक रहन भनेको हो ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया सहर र सो आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको बताउँदै कुनैपनि समयमा तामाकोसीमा पानीको बहाव बढेर बाढी आउन सक्ने बताएको छ ।

प्रशासनले तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण स्थानीयलाई सजक रहन र कुनै पनि खतराको संकेत प्राप्त हुनसाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ । साथै प्रशासनले कुनै खतराको संकेत प्राप्त भए स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...