गण्डकी । गण्डकी प्रदेश सरकारलाई नेकपा एमालेले मुख्यमन्त्रीले मागेको विश्वासको मत नदिने बताएको छ ।
शुक्रबार प्रदेश सभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतका विषयमा धारणा राख्दै नेकपा एमालेका सांसद कृष्ण बहादुर थापाले विपनामा मात्र होइन, सपनामा समेत विश्वासको मत नदिने बताए।
“विपनामा त कुरै छोडौँ, सपनामा पनि एमालेले अहिलेको सरकारलाई विश्वासको मत दिँदैन,” थापाले भने ।
उनले एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा बनाएको आधारसमेत अघि बढाउन यो सरकार सक्षम नभएको टिप्पणी गरे ।