यादव–भट्टराई पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै

248

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै छ ।

अहिले दिउँसो २ बजे शीर्ष नेताहरुसहित आयोग जाने तयारी भएको नेता प्रकाश अधिकारीले जानकारी दिए ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि यादव–भट्टराई पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागेको हो ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...