काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ‘दपिक मनाङे’ले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जबाफ मागेको छ ।
मन्त्री गुरुङले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक माथानाथ अधिकारीले मन्त्री गुरुङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे ।
प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको बताए । केही दिनअधि कांग्रेस सांसद् मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए ।