नेपाल समूहले विपद् व्यवस्थापनका लागि बनायो विज्ञ टोली

305

काठमाडौं । नेकपा (एमाले)का माधव कुमार नेपाल समूहले बाढीपहिरो, डुबानमा परेकाहरुको उद्धार र राहत र विपद् व्यवस्थापनका लागि टोली बनाएको छ ।

बिहीबार भर्चुअल माध्यमबाट बसेको नेपल पक्षीय स्थायी कमिटीको बैठकले बाढीपहिरो न्यूनिकरणका लागि विज्ञ टोली बनाएको हो ।

दीर्घकालीन विपद् व्यवस्थापनका लागि गंगलाल तुलाधारको संयोजकत्वमा विज्ञ टोली बनाएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

साथै, बाढीपहिरो गएका स्थानमा राहत र उद्धारका लागि विपदग्रस्त स्थानमा केन्द्रदेखि वडा तहसम्म सबै पार्टीका कमिटीलाई परिचालन गर्ने निर्णय भएको नेतृ शाक्यले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...