कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको छ ।
प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख तथा पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
सरकारले अघिल्लो आर्थिक वर्षभन्दा झन्डै ३ अर्ब बजेट घटाएर ल्याएको हो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसद्ले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न ३ करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार