प्रधामन्त्रीविरुद्ध मोर्चाबन्दी गर्ने विपक्षी गठबन्धनको सहमति

287

काठमाडौं । विपक्षी गठबन्धनका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध एक भएर जान सहमत भएका छन् ।

सोमबार साँझ नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेर जाने सहमति भएको हो ।

त्यस्तै, बैठकले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी काम नगर्न ध्यानाकर्षण गराएको छ । नेताहरुले कोरोना भाइरसको संक्रमणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल पक्षका २३ सांसद्ले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समेत हस्ताक्षर गरेका छन् । जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काबीच कोटेश्वरमा भेटवार्ता भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...