बाबुराम भट्टराईको प्रश्न- वादी र प्रतिवादी दुवैलाई मिलेर बस भन्ने ?

135

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगको भूमिकाप्रति संकेत गर्दै असन्तुष्टि जनाएका छन् ।

निर्वाचन आयोगदले आइतबार दुवै पक्षले गरेको कारबाहीको निर्णय अस्वीकृत गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादल पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई कारबाही गरेको निर्णय अस्वीकृत गर्दै आयोगले विवरण अद्यावधिक गर्न मानेको थिएन ।

आयोगको यो निर्णयसँगै जसपाको पुरानै पदाधिकारी कायम रहने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार अध्यक्ष यादव पक्षले विवरण अद्यावधिक गर्न नआएको आयोगको ठहर छ ।

आइतबार बसेको आयोगको बैठकले कानुनसम्मत नभएको भन्दै दुवै पक्षको निवेदन खारेज गर्ने निर्णय गरेको छ । आयोगको उक्त निर्णयप्रति संकेत गर्दै डा.भट्टराईले वादी र प्रतिवादीलाई मिलेर बस्नु भनेको टिप्पणी गरेका छन् ।

डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “खड्गप्रसाद एन्ड कम्पनीको नयाँ विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू ! वाह !”

Share This:
सम्बन्धित खबर
Loading...