क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात

युरो २०२०

342

काठमाडौं । इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै युइएफए युरो २०२०मा विजयी सुरुवात गरेको छ ।

समूह ‘डी’ अन्तर्गत आइतबार इंग्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकाल्यो ।

राहिम स्टर्लिङको गोल नै इंग्ल्यान्डका लागि निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९औँ मिनेटमा स्टर्लिङले गोल गरे । उनले काल्भिन फिलिप्सको पासलाई पेनाल्टी क्षेत्रबाट प्रहार गर्दै गोल गरेका थिए ।

जितसँगै इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक बटुलेको छ । इंग्ल्यान्डले दोस्रो खेलमा स्कटल्यान्डको सामना गर्ने छ भने क्रोएसियाले चेक रिपब्लिकविरुद्ध खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...