‘चुनावसम्म ओलीलाई जना नदिन हत्याको षड्यन्त्र बनिरहेको त छैन ?’

319

भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीत भएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।

उनले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताए ।

“वैद्यले संसदमा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ,” बस्नेतले भने ।

एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकीर गर्दै उनले यो षड्यन्त्रभित्र क–कसको सहभागिता छ भनेर खोजिने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...