पोखरा । गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले २४ घन्टाभित्र संविधानको धारा १६८(५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी छन् । संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान प्रदेश प्रमुखबाट भएको हो ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।
वैकल्पिक सरकार गठनका लागि उनले दलहरुलाई २४ घन्टाको समय दिएकी छन् । प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा शनिबार दिउँसो ३ बजेसम्मका लागि सरकार गठन गर्ने समयसीमा छ ।
जेठ २७ गते मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा २७ मात्र मत परेका कारण गुरुङले आफ्नो सरकार जोगाउन सकेनन् ।
संविधानको धारा १६८ (४) बमोजिक विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रक्रिया उपधारा ५ म पुगेको हो ।