काठमाडौं । प्रदेश नम्बर २ सरकारले चुरे संरक्षणलाई विषेश प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार प्रदेशसभाको बैठकमा प्रदेश दुईका प्रदेश प्रमखु डा.राजेश झा अहिराजले आगामी आर्थिक वर्ष २०७८÷७९का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पर्यटन, स्वारोजगार, शिक्षा र सिंचाइलाई पनि प्राथमिकता दिइएको छ । जनकपुरस्थित मणिपाल अस्पतालको निर्माणाधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति प्रदेश सरकारले लिएको छ ।
संघीय सरकारले व्यापारघाटा न्यूनीकरणका लागि गिटी, बालुवा उत्खनन गरी निर्यात गरेर व्यापारघाटा कम गर्ने नीति बजेटमा प्रस्तुत गरेपछि प्रदेश नम्बर २ सरकारले नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिएको छ ।
प्रदेश २ को नीति तथा कार्यक्रम