चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्री एमालेले सरकारलाई दियो

425

काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमित नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार एमाले पार्टी कार्यालय थापाथलीमा एमालेका महासचिव ईश्वर पोखरेलले स्वास्थ्यमन्त्री शेर बहादुर तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

एमालेले चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको ३० थान अक्सिजन कन्सन्ट्रेटर र १ लाख थान एन ९५ माक्स हस्तान्तरण गरेको हो ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले कोरोनामा राजनीति गर्नुपर्ने कारण नरहेको र कोरोना साझा समस्या भएकाले यसबाट लड्न राज्यलाई सवल बनाउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनले देशभरका पार्टीपंक्ति राज्यसँग समन्वय गरेर कोरोना नियन्त्रणमा लागेको बताए ।

त्यस्तै, स्वास्थ्य मन्त्री तामाङले सरकारले प्राप्त स्वास्थ्य सामाग्रीहरुको मापदण्डअनुसार देशका विभिन्न स्थानमा पुर्याइने प्रतिबद्धता जनाए ।

उनले देशभर मंगलबारबाट खोप लगाउने अर्को अभियान सुरु भएको र सरकारको ध्यान नागरिकको जीवनरक्षामा केन्द्रित रहेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...