राजनीतिमा देखिएको कोभिड तीव्ररुपमा फैलियो : मुख्यमन्त्री राई

167

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभइ राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् ।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरे ।

उनले अहिले पनि त्यो कोभिडको संक्रमण जारी रहेको बताए । “नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं,” उनले भने,“कोभिड–१९ त बिस्तारै फैलिएको थियो । तर, त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधैं सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन ।”

उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...