प्रधानन्यायाधीश जबरा बिरामी भएपछि संवैधानिक इजलास स्थगित

415

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलास स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी परेका कारण आज संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए । उनी बिरामी परिेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको संवैधानिक इजलासमा रहेका एक न्यायाधीशले जानकारी दिए ।

संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिएको छ ।

आइतबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरु दीपन कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...