रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाइते

418

रौतहट । रौतहटमा आइतबार राति स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा प्रहरी नायव उपरीक्षक(डिएसपी)सहित ७ जना प्रहरी घाइते भएका छन् ।

गरुडा नगपालिका वडा नम्बर २ गेडाहीगुठी टोलमा भएको विवाहमा डिजे बजाएर भिडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो । निषेधाज्ञाको समयमा भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रहरीले भीड नगर्न भनेको थियो ।

प्रहरी टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुंगामुढा, बासको लौराले प्रहार गरेका थिए ।

ठूलो आवाजमा डिजे बजाएको थाहा पाएर बन्द गर्न आग्रह गर्दा एक्कासी ढुंगा प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपमा डिएसपी द्वारिका धिमिरेको टाउको र ढाडमा सामान्य चोट लागेको छ । त्यस्तै अन्य ६ जना प्रहरी घाइते भएका छन् ।

प्रहरीले ढुंगा प्रहार गरेको आरोपमा स्थानीय दिलीप सहानी, सुनिल सहानी र राधा सहानीलाई पक्राउ गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...